किरात धर्मको लागि जीवननै बलिदानी दिएका छत्र सावदेनको संक्षिप्त जीवनी

थालनी  : आफ्नो जाति, धर्म,भाषा,लिपि संस्कार संस्कृतिको उत्थानमा लागिपरेका किरात धर्मदर्शन प्रचारप्रसार गर्ने क्रममा छत्र सावदेन लाई तत्कालीन माओवादी सशस्त्र समहद्वारा इलामको जितपुरको लिङदीङबाट ०५९ पुस ४ गते अपहरण गरि ६ गते दानाबारीको सहबिरे जंगलमा निर्ममता पुर्वक हत्या गरेको यहि पुस ६ गते २२ औ बर्षमा प्रवेश गरेको छ । आफ्नो भाषा,धर्म,लिपि साहित्यको लागि धेरैले ज्यान गुमाएका छन। तिनै मध्ये सावदेनको पनि एक हुन् । उनले किरात धर्मप्रति दिएको बलिदान अतुलनीय र अकुरणिय रहेकोे छ। तिनै  सावदेनले पुर्याएको देन र योगदानको संक्षिप्तमा चर्चा गरिएको छ।

जन्म :    इलाम जिल्ला साबिक सुलुबुङ गा.बि.स वार्ड न: ८ हाल सन्दकपुर गाउपालिका वार्ड न: ३ निवासी बुवा डालिबाहादुर सावदेन आमा रेलिमाया लिङ्देन सावदेनको कोखबाट पाँच भाइमा काइला सन्तानको रूपमा बि:स २०३२ साल फाल्गुन ५ गतेका दिन छ्त्र सावदेन जन्मिएका हुन ।

Advertisement

बाल्यकाल :     छ्त्र सावदेन सानो उमेरबाट नै फरक स्वभावका थिए। उनको बाल्यकाल साबिक सुलुबुङ गा.बि.स वार्ड न: ८ माबो हाल सन्दकपुर गाउपालिका  ३ स्थित गाउँमै बिताए। पाँच भाइमा छत्र सावदेन काइला सन्तान हुन।

स्वभाव : छत्र सावदेन सानै उमेरदेखि साहसी थिए। सावदेन फरक स्वभाव भएकाले पनि गाउँ समाजमा उनको आफ्नै परिचय थियो। सावदेन निडर मात्रै नभएर उत्तिकै रूपमा चतुर पनि थिए।गाउँघरमा छरछिमेकी इष्टमित्र साथिभाइहरुसंग पनि उत्तिकै मिलसार र मृदुभाषी थिए।

औपचारिक शिक्षा : छत्र सावदेनले औपचारिक शिक्षा साबिक सुलुबुङ गा.बि.स वार्ड न: ४ अवस्थित गाउँमा रहेको सरस्वती माबिमा प्राथमिक तह सम्म अध्यन गरेका थिए । छत्र सावदेन प्राय गरेर कहिले पनि स्कुलमा फेल भएनन् । श्री सरस्वती माध्यमिक बिधालयमा पढेका सावदेन उनका दौँतरी साथीहरूभन्दा पढाइमा अब्बल थिए।

राजनीति क्षेत्रमा :       छत्र सावदेन राजनीति क्षेत्रमा पनि क्रियाशिल थिए । नेपाली कांग्रेस निकट युवा संगठन तरुण दल गाउँ इकाई समिती सुलुबुङको पदाधिकारी समितिको जिम्मेवारी पोस्टमा रहेर उनले राजनीतिक क्षेत्रमा काम गरेका थिए । गाउँघरमा युवादस्ताहरुलाई नेतृत्व गरेर हिड्ने सावदेनको आफ्नै परिचय छ।निडर,साहसी र चतुर भएकोले पनि उनले युवा संगठन तरुण दलको नेतृत्व पंक्तिमा रहेर पार्टी र जनस्तरको बिश्वास जितेका थिए। बि:स ०५६ सालको संसदीय चुनावमा म्यादी पुलिसमा भर्ना भएर समेत चुनाव अवधीभर कार्य गरेका थिए।

व्यापारी  :     छत्र सावदेन एक कुसल ब्यापारी पनि थिए। सानै उमेरदेखि घरमा खेतला गएर कमाएको पैसा जोहो गरेर राख्थे। छोरा भए पनि पेवापात गर्ने गर्दथ्यो। पैसा चिनेका सावदेन अरु जस्तो लापरबाही थिएन सहि सदुपयोग गर्ने गर्दथ्यो।इलाममा प्रायः घरघरमा चियाखेती गर्छन त्यहि चिया लाइ उनले किनेर गाउँ नजिक रहेको माबोको सोमबारे बजार देउराली शुक्रबारे हटियाहरु बेच्न लाने गर्दथे। सिजनमा चियाको पनि ब्यापार गर्थे।कहिलेकाही खसिबाख्राको समेत ब्यापार गर्ने गरेका सावदेन ब्यापारको सिलसिलामा इलामको मंगलबारे सदरमुकामको आइतबारे बजार सम्म सुलुबुङ बाट ब्यापार गर्न जान्थे। प्रायःजसो सबै खालको ब्यापार खरिदबिक्री गर्ने गरेका  छत्र सावदेन ब्यापारको नाफा बाट घरखर्च चलाउथ्यो। त्यही बाट संघसंस्था लाइ सरसहयोग समेत पुर्याउथ्यो। जस्तोसुकै पेशा गर्न पनि पछि नहट्ने छत्र सावदेन केराउ,अकबरे खोर्सानी,सागसब्जि इत्यादि बोकेर जौबारी सम्म लगेर पनि ब्यापार गर्ने गर्थ्यो। घरबाट छुट्टिएर ब्यापार ब्यवसाय अंगालेका उनले त्यसपछिका समयहरु फर्केर हेर्नू परेन। कुसल ब्यापारी मा हुनुपर्ने पर्याप्त गुण उनमा थियो।घर बनाए सम्पती जोडे एक सफल युवा व्यापारीकोरूपमा गाउँघरमा चिनिएका थिए।

किरात धर्ममा दिक्षित :        बि:स २०५८ भदौ १५ मा जितपुरको नवमीमा इलाम जिल्ला सम्मेलनको तयारी भइरहेको थियो। संगठनमा प्रवेश  गराउनका लागि सुलुबुङ बाट उनकै छिमेकी बागेन्द्र सावदेनले छत्र सावदेन लाई जितपुर सम्म लिएर आएका थिए।भदौ १५ गते बिहान जितपुर निवासि दुर्गासिं माबोको घर सम्म उनैले लगेर शब्दिगुरु दुर्गासिंह माबोबाट किरात धर्मदर्शन अनुसार विधिगत रुपमा शब्दी भइ छत्र सावदेन किरात धर्ममा प्रवेश गरेका थिए।

इलाम जिल्ला सम्मेलन र नालिफूङ्वामा प्रवेश  :     बि:स २०५८ साल श्रावण १९ गते किरात धर्म सम्बद्ध युवाहरुको गौरवशाली साझा संगठन किरात साम्यो नालिफूङ्वा यक्पाङ्गेन पान्जुम्भोको गठन भएपछि नालिफूङ्वा संगठन बिस्तार गर्ने क्रममा पहिलोपटक इलाम जिल्ला स्तरिय सम्मेलन बि:स २०५८ साल भदौ १५ गते इलाम जिल्ला  साबिक जितपुर गा.बि.स वार्ड ८ नवमी निवासी श्री लालबहादुर लिङ्देनको निजि निवासमा बृहत भेलामा तत्कालीन यक्पाङगेन पान्जुम्भोको अध्यक्ष श्री नन्द नेम्बाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्मेलन बाट साबिक बाझो ८ निवासी श्री पुर्ण राइको अध्यक्षतामा २२ सदस्यीय समिति चयन गरि किरात साम्यो नालिफूङ्वा थुम पान्जुम्भो इलामको गठन भएको थियो । सोही सम्मेलन बाट सदस्य पदमा चयन भएका छत्र सावदेन नालिफूङ्वा संगठनमा सोही मिति बाट प्रवेश गरेका हुन। नालिफूङ्वा थुम पान्जुम्भोका सस्थापक सदस्य पनि हुन।नालिफूङ्वा थुम पान्जुम्भो इलाम जिल्लाको सदस्य पदको १४ औ नम्बरमा अझै पनि नालिफूङ्वाको दस्तावेजमा  सुरक्षित रहेको छ।बि:स ०५८ देखि ०५९ साल फाल्गुन ५ गते सम्म किरात साम्यो नालिफूङ्वा थुम पान्जुम्भो इलामको सक्रिय सदस्यमा रहेर काम गरेका थिए। शपथ ग्रहण : किरात साम्यो नालिफूङ्वा थुम पान्जुम्भो इलामको सम्मेलन कार्यक्रम सम्पन्न भइसके पछि सल्लाह,निर्णय बमोजिम बि:स २०५८ साल भदौ १६ सम्पूर्ण समितिहरु लारुम्बा माङसेबुङमा भेला भए। सदस्य छत्र सावदेन पनि उपस्थित भएका थिए। भोलिपल्ट भदौ १७ गतेका दिन किरात हाङ्साम माङहिममा साङ्दाङगेन वरुमसावा तत्कालीन किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोको केन्द्रिय सचीव श्री हरिकुमार आङबुहाङ द्वारा किरात धर्मको आचारसंहिता लाई पालना गरेर पद गोपनियताको शपथ ग्रहण लिएका थिए ।

किरात धर्ममा बलिदानी :      बि:स २०५८ भदौ १५ गते जितपुरमा सम्पन्न इलाम सम्मेलनबाट युवाहरुको गौरवशाली साझा संगठन नालिफूङ्वामा आबद्ध रहेका छत्र सावदेन आफ्नो जाति,भाषा,लिपि साहित्य संस्कार संस्कृतिको उत्थान गर्नु पर्छ भनेर लागिपरेका थिए।किरात साम्यो नालिफूङ्वा थुम पान्जुम्भो इलाम जिल्ला सदस्यमा रहेर किरात धर्ममा महत्त्वपूर्ण योगदान पुर्याएका थिए । छोटो समयमा उनले संगठनलाई गति दिएका थिए। देशको राजनीतिक बिषमपरिस्थितिमा दन्दकालिन समयमा पनि इलाम क्षेत्रको विभिन्न आधा दर्जन बढी गाविसमा संगठन बिस्तार गर्नुमा सावादेनको अहम भुमिका रहेको थियो। यसरी किरात धर्ममा प्रवेश गरेको छोटो समयमा उनले धर्मलाई नजिक बाट चिन्ने मौका पाए। एकातिर गृहयुद्ध मौलाउदै गइरहेको थियो। त्यस्तो समयमा पनि किरात धर्म संगठन बिस्तार गर्नु चुनौतीपूर्ण थियो। किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ४९ औ जन्मोत्सव कार्यक्रम सकेर किरात साम्यो नालिफूङ्वा केन्द्रबाट पुस ४ र ५ गते भएको किरात धार्मिक प्रशिक्षण कार्यक्रम सकेर गुरुदर्शन भेटपछि साथिभाइहरुसंग विदा मागेर आफ्नो निजि निवास सुलुबुङ फर्किने क्रममा इलामको जितपुर लिङदिङमा माओबादीसंग भेटभएपछि झोला खनतलासी गर्दा किरात धर्मको पर्चा र रसिदको अर्धकट्टी भेटेको कारण अपहरणमा परेका सावदेनलाई दानाबारीको सहबिरे जंगलमा पुर्याएर निर्दयीपुर्वक हत्या गरे। के कति कारणले हत्या गरिए ? निर्दोष छत्र सावदेन लाई मार्नुको पछाडी के रहस्य थियो ?  घरीघरी प्रश्नहरु उब्जिन्छ । यसरी मारिएका छत्र सावदेन निर्दोष थिए। बर्गिय मुक्तिको संघर्षमा होमिएका कम्युनिस्ट माओवादीहरु धर्मलाइ अफिम भन्दथे धर्मप्रति बिश्वास गर्दैन थिए र उनिहरु भगवान हुदैन भनेर भ्रम छर्दथे। यसरी शक्ति र राज्यसत्ताको विरुद्ध हिंसात्मक युद्धमा उत्रिएका सशस्त्र माओवादी पक्षधर बाट विश्व शान्ती मानव एकताको सन्देश प्रवाह गर्न किरात धर्मदर्शन लाई बिश्वब्यापी गराउन शान्ती र सद्भावको मार्गबाट अघि बडेका आफ्नो जाती धर्म भाषा, लिपि ,साहित्य ,संस्कार संस्कृतिलाई संरक्षण सम्बर्द्धन गर्नु पर्छ भनेर दिलोज्यान दिएर लागिपरेका छत्र सावदेन लाई किरात धर्म सम्बद्ध संस्थाहरुले मरोणापरान्त सम्मानले बिभुषण गरि सकेको छ। छत्र सावदेन जसरी नै मारेका र मारिएका टेकबहादुर अन्छङ्बो,(ताप्लेजुङ) रनधोज लाओती,(पान्थर )कीर्तिमान एवाइ राई (इलाम) नरप्रसाद लिङ्देन (ताप्लेजुङ )सहित यी पाँच जनाले किरात धर्मको लागि दिएको बलिदान इतिहासले सम्झिनेछ।उनी सम्बद्ध संस्थाहरुले पनि यिनिहरुको योगदान र बलिदानी लाई सम्मान गर्न सक्नु पर्छ। शान्ती र मुक्तिको मार्ग बाट पनि परिवर्तन सम्भव छ भनेर लागिपरेका तिनै किरात शहिदहरुले देखेको सपनाहरु  धार्मिक ,भाषिक,सांस्कृतिक पहिचानको मुद्दा यतिखेर राजनीतिक बृतमा पेचिलो रूपमा बहसको बिषय बनेको छ।

घरभित्र बिद्रोह  :   बि:स २०५८ भदौ १५ मा । धर्ममा प्रवेश गरेको छत्र सावदेनको घरपरिवारमा बुवा आमा दाजुभाइहरुले थाहा पाए पछि स-परिवार घरमा असन्तुष्ट भए । सबै जना बेस्सरी रिसाए। किरात धर्ममा प्रवेश गरेको कारण उनले घरभित्र बाट राम्रो साथ पाउन सकेन।आफ्नो जाती,धर्म,भाषा,लिपि साहित्य संस्कार संस्कृतिको संरक्षण सम्बर्द्धन र उत्थान गर्नु पर्छ भनेर लागिपरेका छत्र सावदेन आफ्नै घरभित्र बाट बिद्रोह सुरु गरे। आफ्नो जाती,धर्म कर्मसंस्कार संस्कृति बचाउनको लागि आफ्नो जाती लाई बिकृती बिसंगतिको दलदल बाट माथी उकास्नु पर्छ भन्ने उनको दृढ़ बिचार थियो। बर्तमान किरात धर्मगुरु गुरुआमाहरुको सपना लाइ  साकार पार्न पछिल्लो समय सक्रिय रुपमा लागिपरेका छत्र सावदेन किरात धर्मदर्शन लाई प्रचारप्रसार गरि बिश्वब्यापी गराउन सके मात्र किरात धर्मको उन्ननयन र विकास हुनेमा जोड दिन्थे। उनले कुनै कार्यक्रममा होस या भेला बैठकमा होस आफ्नो कुरा बुलन्द आवाजका साथ स्पष्ट रुपले राख्थे।किरात धर्मदर्शन लाई बिश्वब्यापी गराउनु पर्छ भन्ने छत्र सावदेन लाई  घरपरिवारले साथ नदिएपछि घरमा बसेर आफ्नो बिचार कुन्ठित गर्नु भन्दा बाहिर निस्कनु उचित ठाने। बि:स २०५८ साल फागुन २५ गते मुल घरबाट रित्तो निस्किएका छत्र सावदेनले परिवारको असहयोग र असहमतिको विरुद्ध उनले आफ्नै घरभित्र बिद्रोह गर्नुको कथा बेग्लै छ । अबिवाहित छत्र सावदेन व्यापार ब्यवसाय पनि गर्ने भएकोले उनले राम्रै सम्पती जोडेका थिए। छरछिमेकीबाट सरसहयोग मागेर नजिकै सानो घर समेत बनाइ  सेवासावा(पुजारी) बोलाएर घरमा सेवा लगाएर सुम्निसा समेत गाडेर बसेका थिए ।

सावदेनको सक्रियतामा संगठन बिस्तार : छत्र सावदेन आफ्नो जातिको धर्म भाषा लिपि साहित्य संस्कार संस्कृतिको संरक्षण सम्बर्द्धन गर्नु पर्छ भनेर लागिपरेको छोटो समयमा उनले इलाममा नालिफूङ्वा संगठनलाई गति दिएका थिए। देशको राजनीतिक बिषमपरिस्थितिमा संगठन बिस्तार गर्नु उत्तिकै चुनौतीपुर्ण समयमा पनि संगठन निर्माण कार्यलाई जोड दिन्थे।छत्र सावदेनको सक्रियतामा इलामको माइपोखरी,बरबोटे,जमुना,प्याङ,माबु,सुलुबुङ आदि दर्जन बढी गाबिसहरुमा नालिफूङ्वा संगठन बिस्तार गर्नुमा छत्र सावादेनको अहम भुमिका रहेको थियो।

माङ्सेबुङ आवतजावत : छत्र सावदेन साहसि,निडर थिए। कुनै न कुनै लफडामा उनको नाम मुछिएको हुन्थ्यो। झै झगडामा होस या नराम्रो काममा होस साथिभाइहरुले बिगारेको भएपनी आरोप उनको टाउकोमा आइलाग्थ्यो। किनकी युवाहरुको नेतृत्व गरेर हिड्थे सावदेन। छिमेकी बागेन्द्र सावदेन भन्छन् किरात धर्ममा प्रवेस गरेपछि भने उनको ब्यवहारमा एक्कासि सुधार आएको थियो।पछिल्लो समय माङसेबुङ बाक्लो रूपमा आउने जाने उनको क्रम चलिरहेको थियो। महिनामा दुई तिनपल्ट आउने जाने गरेका छत्र सावदेन माङ्सेबुङ आएको बेला कार्यक्रम बिशेष रसीद लगेर गाउँघरमा सहयोग संकलन समेत गर्दथ्यो। किरात धर्म सम्बद्ध पत्रपत्रिकाको प्रतिनिधिको रूपमा ती पत्रीकाहरु लाई ग्राहकहरुको घरघर सम्म पुर्याउने काम समेत गर्ने गरेका सावदेन धर्मप्रती बिश्वास गर्दथ्यो। त्यसैले पनि धेरै चिनेजानेका इष्टमित्र साथिभाइहरुको प्रीय थिए ।

सावदेनको मृत्यु :   किरात धर्मवालम्बीहरुको पबित्र स्थल माङ्सेबुङ बाट बतमान किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ ज्युको ५९ औ शुभ जन्मोत्सव कार्यक्रम सकेर घर जाने क्रममा जीतपुर गाबिसको लिङ्दिन भन्ने ठाउँबाट ०५९ साल पुस ४ गते  तत्कालीन सशस्त्र माओवादी समूह द्वारा अपहरण गरि दानाबारिको सहबिरे जंगलमा लगेर निर्दयिपुर्वक पासविक रूपमा बि:स २०५९ साल पुस ६ गते तत्कालीन माओवादी पक्षबाट उनको हत्या भएको थियो।

छत्र सावदेन श्रद्धाञ्जली सभा:   बि:स २०५९ साल पुस २० गते अन्त्यष्टी गरि सके पछि ।स्व छ्त्र सावदेअनको जन्म दिन पारेर बि :स २०५९ साल फागुन ५ गते माङ्सेबुङमा  किरात हाङ्साम माङ्हिममा बृहत धर्मावलम्बीहरुको  बाग्लो जनसहभागितामा छ्त्र सावदेनको  पहिलो पटक श्रद्धाञ्जली सभा कार्यक्रम भएको थियो।

छत्र सावदेन जन्मजयन्ती र स्मृती दिवस  : छत्र सावदेन ३७ औ जन्मजयन्तिको अवसरमा पहिलो पटक पुरस्कार बितरण गरिएको थियो। धार्मिक सहिद छत्र सावदेनको सपना साकार पार्नका लागि पनि स्मृती प्रतिभा पुरस्कार गुठी संस्थान गठन गरि बि:स २०६८ साल फागुन ५ गते उनको ३७ औ जन्मजयन्तिको पावन अवसरमा बहुप्रतिभाशाली झापा शिवगंज ४ निवासी सुश्री पुस्पा आङ्देम्बे लाई नगद रु ३०३७/- रुपैया सहित गुठी संस्थान द्वारा पहिलोपटक प्रतिभा पुरस्कार बितरण दोसल्ला ओढाएर सम्मान गरिएको थियो। यसरी पुरस्कार प्राप्त गर्ने उनी पहिलो थिइन् । सुरुसुरुमा जन्मजयन्ती मनाउदै आए पनि पछिल्लो समय बि:स ०६३ साल यता देखि भने स्मृती दिवसको रूपमा मनाउन थालिएको हो। सहित्य,नृत्य,गायन,पत्रकारिता यी चार विधामा रहेर स्व छत्र सावदेन पुस्तकालय,स्व छत्र सावदेन प्रतिभा पुरस्कार गुठी संस्थान र नालिफूङ्वा पान्जुम्भोको संयुक्त आयोजनामा चार विधाका ब्याक्तित्वहरु लाई सम्मान गर्दै आइरहेको छ।बि:स ०७३ साल देखि यता भने नया समिती चयन हुन नसक्दा यी क्रम भने पछिल्लो समय रोकिएको छ।

छत्र सावदेनलाइ आभुषण द्वारा सम्मान : किरात धर्ममा उनको बलिदान र धर्मदर्शन लाई प्रचारप्रसार गरि पुर्याएको योगदानको मुल्यांकन गरि उनलाई सम्मान पनि गरिए।उनको बलिदानी योगदान र किरात धर्मप्रतिको सहयोगलाई कदर गर्दै मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साम्बा पबित्रहाङमा लिङ्देन नुमाङगेन्ना तथा स्वर्ण जन्मोत्सव २०६० मा (मरोणापरान्त) स्वर्ण बिभुषणद्वारा बिभुषित भएका थिए।त्यसै गरि काठमाडौ स्थित सम्पन्न भएको किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन कार्यक्रम २०६७ मा उनको किरात धर्मप्रति बलिदानी उनको योगदानलाई सम्मान गरि मरोणापरान्त २०६७ कदर-पत्र  द्वारा सम्मान गरिएको थियो ।

छत्र सावदेनको स्मृतिमा गरिएका केही महत्त्वपूर्ण कार्यहरु

(१) स्व छत्र सावदेन स्मृती पुस्तकालय स्थापना : किरात साम्यो नालिफूङ्वा मुजोत्लुङ पान्जुम्भोको संरक्षकत्वमा बि:स २०६० सालमा इलाम जिल्ला सदस्य स्वर्गीय सावदेनको नाममा स्थापना भएको  स्व छत्र सावदेन स्मृती पुस्तकालय गठन भएको छ।लाखमान खजुमको अध्यक्षतामा सचीव मनकुमार आङ्बुहाङ सदस्यहरु श्री डिबि लिङ्दम श्री सन्त तिगेला श्री टेकहाङ संमि श्री ज्ञानु केदेम श्री सुमन लाओती रहेका छन। माङ्सेबुङ एरियामा नमूना पुस्तकालय थियोे। लामो समय सम्म वालिङ भञ्ज्याङ् स्थित कोठा भाडा लिएर सन्चालनमा आएको एकमात्र पुस्तकालय  माङ्सेबुङ  एरियामा नमुना पुस्तकालय थियो। संचालन समितिका सदस्य सुमन लाओती भन्छन्  यस पुस्तकालय संचालनमा आए संगै माङसेबुङका प्रौढ देखि युवाहरु सम्म पुस्तकालय बाट रुचिको बिषय अनुसारको पुस्तक लगेर पढ्ने र पुस्तकालय सम्म आएर विभिन्न पत्रपत्रिका पुस्तकहरु अध्यन गर्ने पठन संस्कृतिको विकास भएको बताउँछन् । यसरी डेढ दशक देखि संचालनमा आएको पुस्तकालयको भवन शिलान्यास भए पनि निर्माण कार्य सम्पन्न भइ नसक्दा कार्यालय भित्र हाल पुस्तकालय संचालन हुँदै आइरहेको छ ।

(२) स्व छत्र सावदेन प्रतिभा पुरस्कार गुठी संस्थान  : किरात साम्यो नालिफूङ्वा मुजोत्लुङ पान्जुम्भोको संरक्षकत्वमा बि:स २०६८ साल माघ ३० गते आइतबारका दिन  छत्र सावदेन स्मृती प्रतिभा पुरस्कार गुठी संस्थान तदर्थ समिती गठन भएको छ। संयोजक काकिराम लाओती(आन्छुमे नसान) सचीव मदन इङ्नाम कोषाध्यक्ष रिता लक्सम सदस्य सुनिल सेर्मा सदस्य मिक्तोक चेम्जोङ रहेका थिए। छत्र सावदेन ३७ औ जन्मजयन्तिको अवसरमा पहिलो पटक पुरस्कार बितरण गरिएको थियो। धार्मिक सहिद छत्र सावदेनको सपना साकार पार्नका लागि पनि स्मृती प्रतिभा पुरस्कार गुठी संस्थान गठन गरि बि:स २०६८ साल फागुन ५ गते उनको ३७ औ जन्मजयन्तिको पावन अवसरमा बहुप्रतिभाशाली झापा शिवगंज ४ निवासी सुश्री पुस्पा आङ्देम्बे लाई नगद रु ३०३७/- रुपैया सहित गुठी संस्थान द्वारा पहिलोपटक प्रतिभा पुरस्कार दोसल्ला ओढाएर सम्मानका साथ बितरण गरेका थिए ।

अन्त्यमा : देशको बिषमपरिस्थितिमा पनि आफ्नो जाती, धर्म,भाषा,लिपि साहित्यको उत्थानका निमित्त दिलो ज्यानको साथ नालिफूङवा संगठनमा लागिपरेका छ्त्र सावदेन तत्कालीन दन्दकालमा सशस्त्र माओवादी पक्षबाट अपहरणमा परि दानाबारिको सहबिरे भन्ने घनघोर जंगलमा बि:स २०५९ साल पुस ६ गतेका दिन तत्कालीन माओवादी पक्षबाट निर्दयिपुर्वक हत्या गरेका थिए। यसरी दन्दकालमा माओवादी पक्ष र राज्यद्वारा मारेका र मारिएकाहरुलाइ राजनीतिक एजेन्डा बनाएर धेरैलाई शहिद घोषणा समेत गरिए । ती शहिद हुने परिवारहरुले कतिले मोटो रकम पाए। आफ्नो जाती,धर्म,भाषा,लिपि साहित्य संस्कार संस्कृतिको संरक्षण सम्बर्द्धन र उत्थानमा लागिपरेका तिनै छत्र सावदेन भने गुमनाम भए। धार्मिक,सांस्कृतिक,सामाजिक रुपान्तरणको अभियानमा आफ्नो जातिको पहिचान लाई दर्बिलो बनाउन छत्र सावदेनले आफ्नै समुदाय र घरपरिवार बाट भोगेका पिडा उस्तै दुखदायी छ। बिद्रोह,हिंसा,अशान्ति र आन्दोलनको नाममा होमिएका राजनितीक कार्यकर्ता होस या निर्दोष जनता किन नहोस आखिर मारेका वा मारिएकाहरु सबै शहिद भए। शहिदको अर्थ र परिभाषा राजनीतिक स्वार्थमा दिनानुदिन सस्तो बन्दै गइरहेको बेला राजनीतिक शक्ति र सत्ताको आडमा अचेल शहिद हुनेहरु बग्रेल्ती छन। तर आफ्नो जातीय, धार्मिक,भाषिक,संस्कृतिक पहिचानको लागि परिवर्तन सम्भव छ भन्ने उनै छत्र सावदेन राष्ट्रको शहिदहरुको सुचिमा परेनन् । दन्दकालमा तत्कालीन सशस्त्र माओवादी पक्षबाट मारिएका उनको आजसम्म पनि चासो र सरोकार कसैले गरेनन्।आज तिनै माओवादी शान्ती प्रक्रिया बाट संसदीय राजनीतिक खुल्ला मैदानमा अवतरण गरेपछि पटकपटक सरकारमा पुगे। नाम फेरिए नेताहरुको जीवन शैली फेरियो। तर शहिदहरुको नाममा उनको नाम पर्न  सकेन।छत्र सावदेन किरात धर्मको मात्र सहिद बन्नु एकात्मक राज्यसत्ताको बिभेदकारी नीति हो।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु