माङसेबुङ । आत्मानन्द कप फुटबल प्रतियोगिताको उद्घाटन खेल सुरु भएको छ।
माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द रंगशालामा शुक्रबार माङसेबुङ गाउँपालिका खेलकुद समिति,इलाम र बि.वाई.सी भुटानबीच भएको उद्घाटन खेलमा १-० गोल अन्तरले पराजित गर्दै माङसेबुङ बिजयी भएको हो ।
Advertisement
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवाको अवसरमा मंसिर ८ देखि १७ मंसिरसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिताको आजको उद्घाटन खेलको प्रमुख अतिथि माङसेबुङ गाउँपालिका उपाध्यक्ष बिनोद नेम्वाङले महाबत्तीमा दिप प्रज्वलन गरेर आजको खेलको उद्घाटन गर्नु भएको थियो ।
खेलको १५ औ मिनेटमा माङसेबुङका ओसन राईले प्रहार गरेको गोलमा परिणत भएको थियो । उनले गरेको गोल नै निर्णयक बनेको थियो । पहिलो खेलबाट हार बेहोर्दै बि.वाई.सी भुटान बाहिरिएको छ ।
आज भएको उद्घाटन खेलमा माङसेबुङसंग १-० ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो । त्यस्तै खेलको म्यान अफ द म्याच माङसेबुङका ओसन राई घोषित भए ।
फुटबल प्रतियोगिता अन्तर्गत भोलि शनिबार तिजोक युवा क्लब पाँचथर र धनकुटा जिल्ला फुटबल संघ,धनकुटाबीच अपरान्ह २:३० बजेदेखि खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिमले सहभागिता जनाएका छन् । माङसेबुङ गाउँपालिका इलाम, धनकुटा फुटबल संघ धनकुटा, तिजोक युवाक्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ र गोलबजार स्पोर्टिङ क्लब सिराहा सहभागी हुनेछन् । पाहुना टिमको रुपमा एम.एफ.सी। दार्जिलिङ भारत र बि.वाई.सी। भुटान सहभागी छन् ।
प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । अतिरिक्त खेल तर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ ,छेलो हान्ने, लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, कराते लगायतका खेलहरु समेत संचालन हुनेछ
२०६५ सालमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यसवर्ष ३ लाख ११ हजार १ सय ७० रुपैयाँ पुगेको हो ।