याङनाम । फिदिम नगरपालिका १० याङनाम अवस्थित वधिनलुङमा साक्मुरा वादेम्मा सेवा आइतबार सम्पन्न भएको छ । महागुरु फाल्गुनन्द लिङ्देनले फक्ताङलुङ हिमाल यात्राको क्रममा बि.स. १९९० सालमा वधिनलुङमा सेवा अर्चना गर्नुभएको थियोे । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द मुन्धुमी पर्यटन सेवा समारोह आयोजकको कार्यक्रम अनुसार पहिलो दिन आइतबार साक्मुरा वादेम्मा ( गालीश्राप बहन्ति ) सेवा सम्पन्न भएको […]
ताप्लेजुङ । मुक्कुम्लुङ संरक्षणका लागि केबलकार निर्माण खारेजीको माग गर्दै ताप्लेजुङको फुङलिङमा जनप्रदर्शन हुने भएको छ । भोलि माघ १५ गते मुक्कुमलुङ फासिङ ताङ्सेप चुम्भो सहित मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति लगायत विभिन्न संघ संस्थाहरूको आयोजनामा शान्तिपूर्ण विरोध जन प्रदर्शन हुने भएको केबलकार निर्माण खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले जानकारी दिनुभयो । भोलि […]
याङनाम – फिदिम नगरपालिका वडा नम्बर १० अवस्थित ऐतिहासिक धार्मिक पर्यटकीय स्थान याङनाम खलंगाटार रहेको छ । पाँचथर सदरमुकाम फिदिम ( फेदेन ) नगरपालिकादेखि पूर्व उत्तर क्षेत्रमा रहेको सुन्दर ठाउँ याङनाम खलंगाटारमा ९५ प्रतिशत भन्दा बढि लिम्बू समुदायको बसोबास रहेको यस थलोको ऐतिहासिक धार्मिक र प्रसाशनिक महत्त्व रहेको छ । स्थानीय डीबी हाङसरुम्बा लिम्बुले भने, ‘युमाले […]
पान्थर । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको चेला महर्षी डिल्लीप्रसाद तुम्बापो (जौबारी कान्छा) को जन्मजयन्ती मनाइएको छ । डिल्लिप्रसाद तुम्बापो (जौबारी कान्छा) अध्ययन प्रतिष्ठानको आयोजनामा शनिबार पान्थरको फेदेन नगरपालिका ५ स्थित लोब्रेकुटीमा जौबारी कान्छाको ८८ औ जन्मजयन्ती मनाइएको हो । लिम्बु सांस्कृतिक परिषदका अध्यक्ष सागर केरुङ लिम्बूको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम […]
पान्थर । फिदिम नगरपालिका वडा नम्बर १० याङनाम, खलंगाटार अवस्थित किरात धर्म दर्शनदाता समाज सुधारक राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको पूर्णकदको प्रतिमा निर्माण गरिएको छ । आगामी माघ १६ गते किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ र मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन ज्युहरुको माङ सवारीमा महागुरु फाल्गुनन्द प्रतिमा अनावरण, माङहिम उद्घाटन गरिने कार्यक्रम रहेको छ […]
युके । किरात साम्यो साक्थिम्गेन पान्जुम्भो युकेको आयोजनामा किरातीहरुको महान पर्व कक्फेवा तङनामको अवसरमा २० जनवरी २०२४ का दिन साक्थिम्गेन्न पान्जुम्भो युकेले कलाकार भेटघाट कार्यक्रम आयोजना गरेको छ । किरातहरुको महान चाड कक्फेवा तङनाम पर्वको अवसर पारेर किरात साम्यो साक्थिम्गेन पान्जुम्भो परिवारहरुको भेटघाट कार्यक्रम आयोजना गरिएको हो । सगरमाथा गोर्खा नेपालीज कम्युनिटी हलमा भएको कार्यक्रममा […]
किरात आवाज । पञ्चतत्वको पनि मालिक रहेको मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ । पञ्चतत्व बिना मानव अस्तित्व सम्भव नरहने बताउनु भयो । इलामको माङसेबुङमा आयोजित सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महान सेवा समारोहको शुक्रबार समुद्घाटन कार्यक्रममा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो । भिडियो हेर्नुहोस
इलाम । प्रथम इलाम गोल्डकपमा आयोजक रेडहर्ष फुटबल क्लबले बिजयी सुरुवात गरेको छ । इलाम सदरमुकाममा शनिबारबाट सुरु भएको खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई ४–० गोल अन्तरले पराजित गर्दै आयोजक रेडहर्षले बिजयी सुरुवात गरेको हो । जितसँगै आयोजक सेमीफाइनल प्रवेश गरेको छ । आयोजकका जितमा राष्ट्रिय टोलिका पूर्व कप्तान नवयुग श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको आयोजकका […]
किरात आवाज । सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवा हाङवा वितरण महान सेवा समारोह समुद्घघाटन कार्यक्रम सम्पन्न भएको छ । किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र इलामको माङसेबुङ गाउँपालिका-५ स्थित माङसे्बुङमा माघ ६ गतेसम्म हुने खिबेक्वा याक्वा सेवा समारोह कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देनज्युहरुको देव समुपस्थितिमा प्रमुख […]
किरात आवाज । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७० औ जन्मोत्सव मंसिर १८ गते स्थानीय सार्वजनिक विदा दिएकोमा इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकालाई सम्मान गरेको छ । शुक्रबार खिबेक्वा याक्वा सेवाको अवसरमा किरात धर्मगुरु ७० औ जन्मोत्सव समारोह समितिले मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङदेनज्युहरुको हस्तबाहुलिबाट माई […]













