काठमाडौ । याक्थुङ मुन्चइत चोक सयङले याक्थुङ मुन्चइत अक्षयकोष स्थापना गरेको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङको संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मिहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो । समितिको सचिवमा राजकुमार लिङ्देन, कोषाध्यक्षमा […]

ताप्लेजुङ । मुन्धुमी स्थल मुक्कुम्लुङको संरक्षणमा लागेका आन्दोलनकारी पक्षले मुक्कुम्लुङ क्षेत्रमा बनाउन लागिएको केबलकार खारेजीको माग गर्दै ताप्लेजुङको फुङलिङ बजारमा मुन्धुमी मुक्कुमलुङमा आदिवासी कला प्रतिरोध प्रदर्शन गरिएको छ । बुधबार मुक्कुमलुङ संयुक्त संघर्ष समिति मुक्कुमलुङ केबुलकार खारेजी संघर्ष समितिको आयोजनामा ‘मुन्धुमी मुक्कुमलुङमा आदिवासी कला प्रतिरोध प्रदर्शन’ भएको हो । मुन्धुमी मुक्कुमलुङमा आदिवासी कला प्रतिरोध प्रदर्शनको […]

माङसेबुङ । इलामको माङसेबुङमा किरात सांस्कृतिक अभियान र किरात धर्म जागरणको चर्चा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । किरात इत्नामको पाँचौ श्रीङखला अन्तरगत शनिबार सरस्वती माबिको हलमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङले दिप बालेर सुरुवात भएको अन्तरक्रिया कार्यक्रममा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका […]

पान्थर । पान्थरको दुर्दिम्बामा राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङदेनको सालिक स्थापनाको लागि शिलान्यास गरिएको छ । महागुरु फाल्गुनन्दको सालिक स्थापनार्थ बिहिवार पान्थरको मिक्लाजङ ८, दुर्दिम्बाको सोमबारे बजारमा वडा अध्यक्ष रामेश्वर वाजीले शिलान्यास गरेका हुन् । कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा केन्द्रीय सदस्य मोहन कुमार तुम्सा सङयकहाङ, मिक्लाजङ ८ का वडा सदस्य नोबिम गौतम, कियाचु […]

धरान / सम्बाहाङफे समाज नेपालले सम्बाहाङफे वंशजको वंशावली प्रथम संस्करण प्रकाशन गरि विमोचन सम्पन्न गरेको छ । शनिबार लिम्बुवान सुनसरीको धरान विजयपुरस्थित किरात याक्थुङ चुम्लुङ्को सभाहलमा सङबाङफे थरको पुस्तक विमोचनमा प्रदेश नं. १ (कोशी प्रदेश)का प्रदेश प्रमुख पर्शुराम खापुङको हस्तवाहुलीबाट वंशावली विमोचन गरेको हो । सम्बाहाङफेहरुको इतिहास, उद्गमस्थल, संस्कार संस्कृति, रीतिरिवाज, माङगेन्ना यक, मुन्धुम, वंशबृक्ष […]

इलाम । फोनिज इलामको स्थापनामा हरेक वर्ष फोनिजको स्थापना दिवसको अवसरमा वितरण गर्दै आएको यस वर्षको ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८१’ पत्रकार सुजता सुनुवारलाई प्रदान गरिएको छ । आइतबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवसको अवसरमा इलाममा आयोजित कार्यक्रममा पत्रकार सुनुवारलाई १० हजार राशीको सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत […]

माङसेबुङ । निर्देशक दिनेश माङमु लिम्बूको निर्देशन रहेको रोमान्टिक गित ‘घुम्न जाउँ धरान शहर’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक दिप्सन लिम्बू र गायिका मेलिना मैनालीको आवाज रहेको गित ‘घुम्न जाउँ धरान शहर’ मा राजहाङ आङबोको शव्द तथा दिप्सन लिम्बूको संगीत रहेको छ । तामाङ जातीको भाषा, भेषभुषा र संस्कृति प्रसतुत गरिएको भिडियमा […]

माङसेबुङ । किरात साम्यो नालीफुङ्वा मुजोत्लुङ पान्जुम्भोको २४ औं स्थापना दिवस कार्यक्रममा  नालीफुङ्वा जुझारु पुरस्कार -२०८१ वितरण गरिएको छ । शनिबार माङसेबुङ-५, अवस्थित आयोजित स्थापना दिवस कार्यक्रममा किरात साम्यो नालीफुङवा थुम पान्जुम्भो झापाका अध्यक्ष डिल्ली इङनाम र थुम पान्जुम्भो मोरङका सचिव लक्ष्मी जवेगुलाई किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिती अध्यक्ष केहेरसिं योङ्हाङको प्रमुख आतिथ्यमा नालीफुङ्वा […]

माङसेबुङ । इलामको माङसेबुङ – ५, अवस्थित किरात साम्यो नालिफुङवा मुजोत्लुङ पान्जुम्भोको २४ औं स्थापना दिवस कार्यक्रम शनिबार विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि माङगेन्ना सेवा समितिका उपाध्यक्ष होमबहादुर लिङदेन रहनुभएको थियो । स्थापना दिवसमा किरात धर्ममा महत्वपूर्ण योगदान […]

माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको साझा छाता संगठन किरात साम्यो नालिफुङ्वा पान्जुम्भोको २४ औं स्थापना दिवस  विविध कार्यक्रमको आयोजना गरि आज शनिबार मनाइदैछ । इलामको माङसेबुङ -५ अवस्थित किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भोको कार्यलयमा शुभकामना आदानप्रदान कार्यक्रमबिच नालिफुङ्वा पान्जुम्भोको २४ औं स्थापना दिवस कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको पान्जुम्भोको कार्यबाहक सचीव लोकेन्द्र कार्कीले जानकारी दिए […]