झापा/ किरात याक्थुङ चुम्लुङ झापाको आयोजनामा तीनराते तङसिङ कार्यक्रम आयोजना गरिने भएको छ । झापा शाखाको कार्यालयमा शनिवार बसेको जिल्ला शाखाको नियमित बैठकले निर्णय गरे अनुसार आगामी पुस ३, ४ र ५ गते तीनराते (तीनदिने) तङसिङ कार्यक्रम आयोजना गरिनेछ । लिम्बू/याक्थुङ जातिको परम्परागत धार्मिक अनुष्ठान मध्ये तङसिङ अनुष्ठान लोपोन्मुख अवस्थामा पुगेकोले त्यसलाई जिवन्त गराउँदै लैजाने […]
माङसेबुङ । आत्मानन्द कप भलिबल प्रतियोगिताको उपाधि केपीसी बिराटनगर मोरङले जितेको छ । आज शनिबार भएको फाइनल खेलमा भद्रपुर नगरपालिका झापालाई ३–१ को सेटमा हराउँदै बिराटनगरले उपाधि जितेको हो । माङसेबुङ ५, स्थित आत्मानन्द खेल मैदानमा भएको खेलमा पहिलो सेट २५–१९ ले जित्दै भद्रपुरले १–० को अग्रता बनाएको थियो । तर दोस्रो सेट भने बिराटनगरले […]
पाँचथर । प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकप फुटवल प्रतियोगितामा आयोजक पाँचथर फुटवल क्लवले विजय सुरुआत गरेको छ । शनिबार आजदेखि सुरु भएको किरात गोल्डकपको उद्घाटन खेल फिदिम खेलमैदानमा मित्तेरी फुटवल क्लव तेह्रथुम विरुद्ध २–० को गोलअन्तरले जीत निकाल्दै पाँचथरले विजय सुरुआत गरेको हो। खेलको ४३ औं मिनेटमा पाचँथरका खेलाडि सुकराज राईले गोल गर्दै […]
माङसेबुङ । आत्मानन्द कप भलिबल प्रतियोगिताको फाइनलमा केपिसी र भद्रपुर झापा फाइनलमा पुगेको छ । इलामको माङसेबुङ ५ आत्मानन्द रंगशालामा शुक्रबार भएको भलिबल प्रतियोगिताको सेमिफाइनल खेलमा केपिसीले बार्हदर्सी झापालाई ३-१ को सेटमा र सिमाना मोरङलाई ३-० को सेटमा पराजित गर्दै केपिसी र भद्रपुर झापा फाइनलमा पुगेको हो । खेलमा बार्हदर्सी झापालाई पहिलो सेटमा २६–२४ र […]
माङसेबुङः इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ स्थित आत्मानन्द खेल मैदानमा आत्मानन्द कप भलिबल प्रतियोगितामा भद्रपुर झापा सेमिफाइनलमा प्रवेश गरेको छ । किरात धर्मगुरु ७० औं शुभजन्मोत्सबको अवसरमा आयोजित आत्मानन्द कप १६ औं संस्करणसंगै अतिरिक्त खेलमा आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । आज शुक्रबार भएको प्रतियोगितामा भद्रपुर नगरपालिका, झापा र फुङनाम स्पोर्टस क्लब, […]
माङसेबुङ । इलामको माङसेबुङमा आत्मानन्द कप भलिबल प्रतियोगिता सुरु भएको छ । आत्मानन्द खेल मैदानमा बिहिवारबाट भलिबल प्रतियोगिता सुरु भएको हो । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्स तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महान सेवा समारोह अवसरमा आयोजित खेलकुद कार्यक्रम अन्तरगत पहिलोपटक आत्मानन्द कप भलिबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको […]
माङसेबुङ । आत्मानन्द कप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजजिक गरिएको छ । बुधबार माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आत्मा पवित्र हक्चात यक्चुमद्धारा आयोजित पत्रकार सम्मेलनमा खेल सार्वजनिक गरिएको हो । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा यस बर्षदेखि भलिबल प्रतियोगिताको समेत आयोजना […]
माङसेबुङ । माङसेबुङमा जारी आत्मानन्द कपको फाईनलमा तिजोक युवाक्लव पान्थर प्रवेश गरेको छ । आज बुधबार आत्मानन्द रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा पाहुना टोली एमएफसी दार्जिलिङ भारतलाई ३–० गोल अन्तरले पराजित गदैं तिजोक पान्थर फाईनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा खेलेको पान्थर दोस्रो हाफमा भने थप आक्रमक भएर मैदानमा उत्रेको थियो […]
माङसेबुङ । आत्मानन्द कपको फाईनलमा माङसेबुङ गाउँपालिका प्रवेश गरेको छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आज (मंगलबार) भएको पहिलो सेमिफाईनल खेलमा सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङलाई २–१ को गोल अन्तरले पराजित गर्दै माङसेबुङ फाईनलमा प्रवेश गरेको हो । खेलको ३२ औं मिनेटमा माङसेबुङका गौरव धिमालले गोल गर्दै सुरुवाती अग्रता दिलाए । […]
माङसेबुङ । माङसेबुङ इक्ला संस्करण २ गायन प्रतियोगितामा उत्कृष्ट ८ मा पर्न सफल कलाकारहरुको नामावली सार्वजनिक गरिएको छ । चार चरणको अनलाइन अडिसन पार गरेर सेमी फाइनल (उत्कृष्ट ८) मा पुग्न सफल कलाकारहरुको नाम सार्वजनिक गरिएको हो । माङसेबुङ इक्ला संस्करण २ गायन प्रतियोगितामा उत्कृष्ट ८ मा परेका कलाकारहरु हरिचन्द्र लिम्बू लेटाङ ७ वराङ्गी मोरङ, […]













