अमेरिकाको ( KCOA )संगठनका प्रतिनिधि र किरात धार्मिक सस्थाका प्रतिनिधिबीच माङसेबुङमा भेटघाट कार्यक्रम
माङसेबुङ । संयुक्त राज्य अमेरिकाको विभिन्न प्रान्तहरुबाट माङसेबुङ भ्रमणको लागि आएका किरात धर्मावलम्बी र किरात धार्मिक संस्थाका प्रतिनिधिहरुबीच कार्यक्रमको आयोजना गरि भेटघाट गरिएको छ । आइतबार इलामको माङसेबुङ ५ अवस्थित किरात निसामहिम मुन्धुमशालाको सभाहलमा अमेरिकाबाट माङसेबुङ भ्रमण २०२३, मा आएका अमेरिकास्थित किरात धर्मावलम्बीहरुको केन्द्रीय संस्था (केसिओए ) का प्रतिनिधिबीच भेटघाट गरिएको हो । उक्त कार्यक्रममा […]
माङसेबुङ । इलामको माङसेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा आज आइतबार हुने खेलमा छथर तेह्रथुम र मोरङबीच प्रतिस्पर्धा हुँदैछ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा छथर गाउँपालिका, तेह्रथुम र सिरिजङ्गा स्पोर्टिङ क्लब,मोरङबीच अपरान्ह २ :३० बजेदेखि खेल शुरु हुने आत्मा पवित्र हक्चात यक्चुमका सचीव सरिता लोहोरुङ राईले बताइन् । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन […]
किरात आवाज । संयुक्त राष्ट्र अमेरिकाको विभिन्न प्रान्तहरुबाट माङसेबुङ भ्रमणको लागि आएका किरात धर्मावलम्बीहरुल झापाको दोमुखास्थित माइखोलामा साक्मुरा वदेम्मा सेवा सम्पन्न गरेको छ । शनिबार अमेरिकाबाट माङसेबुङ भ्रमणमा आएका ८२ जना किरात धर्मावलम्बीहरुले दोमुखास्थित माइखोलामा साक्मुरा वदेम्मा सेवा सम्पन्न गरेका हुन ।
इलाम । संयुक्त राष्ट्र अमेरिकाको विभिन्न प्रान्तहरुबाट माङसेबुङ भ्रमणको लागि आएका किरात धर्मावलम्बीहरुले किरात धर्मगुरु भेट दर्शन गरेका छन् । इलामको गुरु निजी आश्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङ तथा गुरुआमा साँबा पवित्रहाङमा लिङदेन भेट दर्शन शुक्रबार अमेरिकाबाट माङसेबुङ भ्रमणमा आएका ८२ जना किरात धर्मावलम्बीहरुले दर्शन भेट गरेका थिए । दर्शन भेटको क्रममा […]
माङसेबुङ । माङसेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा तिजोक युवा क्लब पाँचथर सेमिफाईनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आज शनिबार भएको खेलमा धनकुटा जिल्ला फुटबल संघ,धनकुटालाई २–१ गोल अन्तरले पराजित गर्दै तिजोक पाँचथर सेमिफाईनलमा प्रवेश गरेको हो । खेलको ८ औं मिनेटमा धनकुटाका बुद्ध चेम्जोङले १ गोल गर्दै […]
माङसेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा शनिबार आज पान्थर र धनकुटाबीच प्रतिस्पर्धा हुँदैछ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा तिजोक युवा क्लब पान्थर र धनकुटा फुटबल संघ,धनकुटाबीच अपरान्ह २ बजेदेखि खेल शुरु हुने आत्मा पवित्र हक्चात यक्चुमका सचीव सरिता लोहोरुङ राईले बताए । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्यूको ७० औं शुभजन्मोत्सव […]
माङसेबुङ । आत्मानन्द कप फुटबल प्रतियोगिता माङसेबुङ ५ स्थित आत्मानन्द रंगशालामा शुक्रबार माङसेबुङ गाउँपालिका खेलकुद समिति,इलाम र बि.वाई.सी भुटानबीच भएको उद्घाटन खेलमा १-० गोल अन्तरले पराजित गर्दै माङसेबुङले बिजयी सुरुआत गरेको हो । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवाको अवसरमा मंसिर ८ […]
माङसेबुङ । संयुक्त राष्ट्र अमेरिकाको विभिन्न प्रान्तहरुबाट माङसेबुङ भ्रमणको लागि आएका किरात धर्मावलम्बी भक्तजनहरुलाई भव्य स्वागत गरिएको छ । दमकको बेलडाँगीस्थित माङपोक्लुङ माङहिमको सभाहलमा गत बिहिवार कार्यक्रमको आयोजना गरी अमेरिकाबाट माङसेबुङ भ्रमणमा आएका छ्यालिस जना किरात धर्मावलम्बी भक्तजनहरुलाई माङहिम समितिले फुलमाला र खदा अर्पण गरी स्वागत गरिएको हो । कार्यक्रम किरात धर्म तथा साहित्य उत्थान […]
माङसेबुङ । आत्मानन्द कप फुटबल प्रतियोगिताको उद्घाटन खेल सुरु भएको छ। माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द रंगशालामा शुक्रबार माङसेबुङ गाउँपालिका खेलकुद समिति,इलाम र बि.वाई.सी भुटानबीच भएको उद्घाटन खेलमा १-० गोल अन्तरले पराजित गर्दै माङसेबुङ बिजयी भएको हो । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन […]









