आत्मानन्द गोल्ड कप मंसिर ९ मा शुरु हुने

माङसेबुङ।  किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७३औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता ‘आत्मानन्द गोल्ड कप २०८३’ आउँदो मंसिर ९ देखि १७ शुरु हुने भएको छ ।
आत्मानन्द कपको १९औं संस्करणका संयोजक मन प्रसाद आङबुहाङले एक पत्रकार सम्मेलन गर्दै माङसेबुङको आत्मानन्द रंगशालामा संचालन जानकारी दिनुभएको छ ।
आत्मनन्द गोल्ड कपको १९औं संस्करणमा नेपाल र भारतका ८ प्रतिष्ठित फुटबल क्लबहरु सहभागी हुने संयोजक आङबुहाङले बताउनुभयो । आत्मानन्द गोल्ड कपमा नेपालबाट सैनिक युथ क्लब झापा, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, लेटाङ फुटबल क्लब मोरङ, तिजोक युवा क्लब पान्थर, मधेशा युवा क्लब सुनसरी, माङसेबुङ गाउँपालिका र आयोजक टिम सहभागी हुने निश्चित भएको छ । यसैगरी भारतबाट युके एफ सि कर्साङ विदेशी टोलीको रुपमा सहभागी हुने निश्चित भएको छ ।

प्रतियोगितका विजेतालाई नगद रू. ३ लाख ११ हजार एक सय ७३ र उपविजेतालाई रू.२ लाख ११ हजार एक सय ७३ का साथ ट्रफी र मेडल प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवर्ड, उत्कृष्ट खेलाडी र उत्कृष्ट डिफेन्डरलाई जनही रू.८,१७३ का साथ नगद र ट्रफी प्राप्त गर्ने छन् । यसैगरी उदयमान खेलाडी र उत्कृष्ट कोचले जनही रू.८,१७३ का साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् । साथै, हरेका खेलका म्यान अफ् द म्याचले रू.५,१७३ प्राप्त गर्नेछन् ।

Advertisement

किरात धर्मगुरुज्यूको जन्मोत्सवको अवसरमा म्याराथन, पक्लुङ लेप्मा, धनुबाँड हान्ने, हाँडी फुटाई, लठ्ठा तान्ने र मैत्रीपूर्ण खेलहरुको समेत आयोजना हुने जनाइएको छ । खेलको आयोजना किरात धर्मगुरु नोमाङगेन्ना महा–समारोह समितिको आयेजना र आत्मपवित्र खेलकुद समितिको संयोजनमा सम्पन्न हुनेछ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु