इलामको माङसेबुङमा जारी तेस्रो महागुरु फाल्गुनन्द कप फुटबल प्रतियोगितामा ब्याङडाडा एफसी दुधे फाइनल प्रवेश गरेको छ ।
माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द रंगशालामा सोमबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा युथ अफ माङसेबुङलाई १-० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । जितको लागि दुधे झापाका युनिस माझिले एक गोल गरेको थिए। खेलमा ब्याङडाडाका युनिस माझि म्यान अफ द म्याच घोषित भएका छन् ।
Advertisement
प्रतियोगिता अन्तर्गत भोलि कातिक २४ गते फाइनलमा ब्याङडाडा एफसी दुधे झापा र काका एफसी चुलाचुली इलामबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार १४२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद २५ हजार १४२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यसका अतिरिक्त विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।



















