दोस्रो महागुरु फाल्गुनन्द भलिबल :उद्घाटन खेलमा माङसेबुङ सल्लेरी युवा क्लब पाँचथरसंग पराजित

किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको १४२ औ जन्मजयन्तीको अवसरमा आयोजित भलिबल प्रतियोगिताको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका पराजित भएको छ ।

माङसेबुङ ५ सरस्वती माबिको खेलमैदानमा आइतबार भएको खेलमा माङसेबुङ सल्लेरी युवा क्लब पाँचथरसंग २-१ को सेटमा पराजित भएको हो ।

Advertisement

पहिलो सेटमा  सल्लेरीले २५ – १० मा जित्यो । दोस्रो सेटमा राम्रो खेल प्रदर्शन गर्दै माङसेबुङले कम ब्याक गर्दै २६-२४ मा जित निकाल्न सफल भयो । त्यस्तै तेस्रो सेटमा  सल्लेरी २५-१५ मा विजय भएको छ ।

वाईकेएमको आयोजनामा आयोजित दोस्रो महागुरु फाल्गुनन्द भलिबल प्रतियोगितामा आठ टिमले सहभागीता जनाएको छ ।

सहभागी टीमहरुमा माङसेबुङ गाउँपालिका , सल्लेरी युवा क्लब, विमान टेडर्स विर्तामोड झापा, मिक्लाजुङ गाउँपालिका, पुलिस रानी विराटनगर , दमक नगरपालिका , तुम्याहाङ युवा क्लब र श्री सरस्वती माबि माङसेबुङ रहेको छ ।

भलिबल प्रतियोगिताको फाइनल खेल कातिक २६ गते हुनेछ ।प्रतियोगितामा विजेता टिमले नगद ६० हजार रुपैयाँ, ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछ भने, उप विजेताले नगद ३० हजार रुपैयाँ साथै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु