फाल्गुनन्द कप : सिङ्फेरेलाई हराउदै काका एफसी विजयी

किरात धर्म दर्शनदाता, महान् समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४२औँ जन्मजयन्तीको अवसरमा बुधबारदेखि इलामको माङसेबुङमा तेस्रो संस्करणको महागुरु फाल्गुनन्द कप फुटबल प्रतियोगितामा काका एफसी

माङसेबुङ-५ स्थित आत्मानन्द रङ्शालामा सुरु भएको उद्घाटन खेलमा काका एफसीले विजयी सुरुआत गरेको छ । सिङफेरे युथ क्लबलाई १-० गोलको अन्तरमा पराजित गर्दै काका एफसी विजयी बनेको हो । खेलमा विजयी काका एफसीका ओसन राई उत्कृष्ट खेलाडी घोषित भए ।

Advertisement

प्रतियोगिता अन्तर्गत बिहीबार आयोजक युथ अफ माङसेबुङ र ठिङ्गेपुर युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

युथ अफ माङसेबुङको आयोजनामा सुरु भएको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ। प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार १४२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद २५ हजार १४२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यसका अतिरिक्त विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु