उपत्यकाव्यापी उधौली सेवा सम्पन्न

विश्व शान्ती तथा मानव एकता र चराचर सृष्टि रक्षार्थ बर्सेनि  आयोजना  हुँदै आएको उपत्यकाव्यापी उधौली सेवा, साक्मुरा वादेम्मा (गालिश्राप बहन्ती) सेवा सम्पन्न भएको छ।

काठमाडौको पशुपति गुह्येश्वरी किनारमा गत कार्तिक ६ गते मंगलबारको दिन बिहान ७ बजेदेखि सुरु भएको उधौली सेवामा साक्मुरा वादेम्मा, कुदाप कुई देवी देउराली युमामाङ,हिममाङ,थेबामाङ, सुम्निसा, नौग्रह,अष्टयोगीनी, निस्सेसेक्खामाङ,हाङ्साम थेबा लगायतको आराधना गरिएको थियो।

Advertisement

किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भो
उपत्यका समिती र किरात धर्म तथा साहित्य उत्थान संघ उपत्यका समितिको संयुक्त आयोजनमा सम्पन्न सेवामा करिब ३ सय बढी श्रद्वालु भक्तजनहरुको उपस्थिति रहेको थियो।

सेवामा साङ्दाङगेन वारुमसाबा याम कुमार नेयोङहाङ, साङ्दाङगेन वारुम्साबा रन ब: योङ्हाङ , साङ्दाङगेन वारुम्साबा चन्द्रहरी चेम्जोङ, साङ्दाङगेन वारुम्सामा शान्ती आङ्बुहाङ, माङ्सेवासाबा मान ब: तबेबुङ, मदन खालिङ, देउमान थोप्रा,राजा माबोहाङ , गणेश पयाङगु , बिक्रम थुलुङ, सुर्य मादेन ,रचना थेबे, दीप ब: थुलुङ लगायतका माङ्सेवासाबाहरुले मुन्धुम बाचन गर्नुभएको थियो।

उपत्यकाव्यापी उधौली सेवामा सहयोग पुर्याउने सहयोगी,सौजन्यदाता,माङ्सेवासाबा, स्वयंसेवक लगायतलाई धन्यवाद पत्र प्रदान गरिएको थियो।

तस्वीर : निर्मल सुब्बा

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु