अमेरिकाको डेन्भर कोलोराडोमा सम्पन्न ९ औं किरात राष्ट्रिय अधिवेशन २०२४ समिक्षा

के.सि.ओ.ए (किरात कम्युनिटी अर्गनैजेशन अफ अमेरिका) संयुक्त राज्य अमेरिकाको विभिन्न राज्यहरुमा वसोवास गर्ने किरात धर्मावलम्बीहरूको ३६ (छत्तीस) किरात धार्मिक संगठनको एक मात्र छाता संगठन हो । यस संगठनले मुहिङ्गुम अङसीमाङ लिङ्देन महागुरु फाल्गुनन्द साथै वर्तमान किरात धर्मगुरु मुहिङ्गुम अङसीमाङ लिङ्देन आत्मनन्द “सेईङ” तथा गुरू माता साँवा पवित्र हाङमा लिङ्देन ज्यूहरूको माङसिवाखाहुन र वाणीहरूलाई आत्मासाथ गर्दै किरात धर्म, किरात साम्जिक मुन्धुम, संस्कार-संस्कृति, भाषा-लिपि, साहित्य र परम्पराको अभ्यास, संरक्षण, र उत्थान गर्दै आईरहेको छ । यस संगठनले अमेरिकावासी किरात धर्मावलम्बीहरू माझ एकतालाई कायम राख्ने, देशभरका किरात धर्मावलम्बीहरूले एक वर्षमा हासिल गरेका उपलब्धिहरू मनाउने, आफ्ना सफलता र चुनौतीहरूको अनुभव साझा गर्ने, युवा पुस्ताको मन- मस्तिष्कमा धार्मिक, सामाजिक, र सांस्कृतिक मूल्यमान्यता जगाउने, सांस्कृतिक नृत्य, किरात भजन, गायन, साहित्य, र विविध प्रतिभाहरू प्रदर्शन गर्ने एक साझा मञ्च उपलब्ध गराउने हेतुले विभिन्न राज्यहरूमा तामझामका साथ किरात राष्ट्रीय अधिवेशन वार्षिक रुपमा गर्दै आईरहेको छ ।

यस्तै धार्मिक, सामाजिक, र सांस्कृतिक कार्यहरुलाई आत्मासाथ गर्दै लैजाने क्रममा के.सि.ओ.ए. ले राज्य संगठनहरुसंग समन्वय गर्दै अंग्रेजी वर्ष: २०१४ मा एट्लान्टा जर्जिया राज्यमा, २०१५ मा एक्रोन ओहायो राज्यमा, २०१६ मा नेसभिल टेनिसी राज्यमा, २०१७ मा डालास-फोर्थवट टेक्सास राज्यमा, २०१८ मा सल्टलेक सिटी यूटा राज्यमा,२०१९ मा लुईभिल केन्टक्की राज्यमा, २०२० र २०२१ मा किरात राष्ट्रिय अधिवेशन कोरोना माहामारीको कारण सम्मपन्न हुन सकेन, २०२२ मा सिन्सिनाटी ओहायो राज्यमा, २०२३ मा कोलम्बस ओहायो राज्यमा, र यस अंग्रेजी वर्ष २०२४ मा समस्त अमेरिकावासी किरात धर्मवालम्विहरुको तीन दिने राष्ट्रिय कार्यक्रम “ ९ औं किरात राष्ट्रिय अधिवेशन” अंग्रेजी महिनाको जुलाई ५,६, र ७ तारिख डेन्भर कोलोराडो राज्यमा सभ्य र भव्य रुपमा सफल बनाएको छ।

Advertisement

यस तीन दिने राष्ट्रिय कार्यक्रम “९ औं किरात राष्ट्रिय अधिवेशन” अंग्रेजी महिनाको जुलाई ५ तारिक शुक्रबारको दिन विहान ८ बजे होस्ट राज्यको अध्यक्ष श्री. सह तेयुङ ज्यूकोले कार्यक्रम संचालक श्री मोनी खालिङ (KCSC Program Coordinator), श्री. हरि योङ्वागो (KCOA Education & Sports Coordinator), र सुश्री मिरा लोरूङ (KCOA Secretary) ज्यूहरुलाई कार्यक्रम संचालन गर्नको निम्ति कार्यभार सुम्पिनुभएको थियो। पहिलो दिनको वार्षिक सम्मेलन श्री सुकमान सुहाङ् (KCOA Incorporator and Former Chairman) को अध्यक्षतामा दिप प्रजलन, माङ सेवा, माङ नारा, अमेरिकी राष्ट्रीय गीत, के. सि. एस. सि. उपाध्यक्ष श्री तिल खालिङ ज्यूको स्वागत मन्तव्य, र के. सि. एस. सि.का कलाकारहरुको अति सुन्दर अनि उत्कृस्ट स्वागत नृत्यबाट सुरूवात भएको थियो भने संयुक्त राज्य अमेरिकाको छत्तिस शहरहरुबाट चार सय भन्दा माथिको संख्यमा किरात धर्मवालम्विहरुको उपस्थिति रहेको थियो।

यस कार्यक्रमको पहिलो सेसनमा के.सि.ओ.ए माङसेवासावा प्रमुख, के.सि.ओ.ए सचिव, के.सि.ओ.ए अध्यक्ष, र ३६ (छत्तीस) किरात धार्मिक संगठनहरूको प्रतिनिधिज्यूहरूले आ-आफ्नो शहरहरूमा एक वर्षमा हासिल गरेका उपलब्धिहरू, सफलता र चुनौतीहरूको अनुभव साथै सम्भावित समाधानहरूको सम्वन्धमा प्रतिवेदन प्रस्तुत गरेका थिए। पहिलो दिनको दोस्रो सेसन माङसेवासावा/माङसेवासामाहरूको वार्षिक सम्मेलन रहेको थियो र यस सम्मेलनमा पनि उपस्थित माङसेवासावा र माङसेवासामाहरूले एक वर्षमा हासिल गरेका उपलब्धिहरू, सफलता र चुनौतीहरूको अनुभव साथै सम्भावित समाधानहरूको सम्वन्धमा प्रतिवेदन प्रस्तुत गरेका थिए र उपस्थित हुनुभएका सम्पूर्ण माङसेवासावा र माङसेवासामाहरूलाई माङसेवासावा प्रमुख श्री के.के. सोङमेनज्यूवाट प्रशंसा पत्र प्रदान गरिएका थिए।

सधा झै यस वर्ष “९औं किरात राष्ट्रिय अधिवेशन” को दोस्रो दिन विश्व शान्ति तथा मानव एकता र सम्पूर्ण जीवीत सकल प्राणीहरूको कल्याणको निम्ति खिवेक्वा याक्वा सेवा सम्पन्न भएको थियो। खिवेक्वा याक्वा सेवा कार्यक्रममा साक्मुरा वहन्ती, अष्टम सेवा, होष्ट राज्यका सम्पूर्ण घरको प्रमुख र ईच्छुक धर्मवालम्विहरुको माङगेना- शव्दी, माङसिवाखाहुन, किरात गीती भजन, माङलाङ-केलाङ, साकेला, ३६ (छत्तीस) किरात धार्मिक संगठनहरूको अध्यक्ष/प्रतिनिधि, के.सि.ओ.ए का समितिज्यूहरूलाई प्रशंसा प्रमाणपत्र वितरण साथै २५ वर्ष भन्दा धेरै समय मुन्धुम वाचन कार्यमा लाग्ने माङसेवासावाज्यूहरूलाई सम्मान र विविध मनोरञ्जनात्मक कार्यक्रमहरूका साथ सभ्य र भव्य रूपमा सफल भएको थियो। दोस्रो दिनको खिवेक्वा याक्वा सेवालाई कार्यक्रम संचालक श्री मोनी खालिंग (KCSC Program Coordinator), श्री हरि योङ्वागो (KCOA Education & Sports Coordinator), र सुश्री डम्बर कुमारी थुलुङ (KCOAO Cultural Coordinator) ज्यूहरुले कार्यक्रम संचालन गर्नुभएको थियो। यस खिवेक्वा याक्वा सेवामा अतिथि, विशेष अतिथि, र संयुक्त राज्य अमेरिकाको छत्तिस शहरहरुबाट ७ (सात सय) भन्दा माथिको संख्यामा किरात धर्मवालम्विहरुको उपस्थिति रहेको थियो।

यस “९औं किरात राष्ट्रिय अधिवेशन-२०२४” को तेस्रो दिन यानकी अन्तिम कार्यक्रम “वार्षिक किरात सांस्कृतिक कार्यक्रम” लाई कार्यक्रम संचालक श्री. मोनी खालिंग (KCSC Program Coordinator), श्री. हरि योङ्वागो (KCOA Education & Sports Coordinator), र सुश्री ललिता सुब्बा ज्यूहरुले संचालन गर्नु भएको थियो। यो वार्षिक किरात सांस्कृतिक कार्यक्रमलाई “ के. सि. एस. सि. अध्यक्ष श्री. सह तेयुंगज्यूले अधक्ष्यता गर्नु भएको थियो भने वरिष्ठ गीतकार श्री ग्यानेन्द्र गदालज्यू प्रमुख आतिथ्यमा रहनु भएको थियो ।

यस ९औं किरात राष्ट्रिय अधिवेशन-२०२४ को तेस्रो दिनको कार्यक्रम “वार्षिक किरात सांस्कृतिक कार्यक्रम” के.सि.ओ.ए. पूर्व अध्यक्ष श्री. सुकमान सुहाङ्, के.सि.ओ.ए. प्रमुख सल्लाहकार श्री डि. जे. ख़ालिङ्ग, सल्लाहकार डा. नरेश लाओती, सल्लाहकार श्री पि. वि. बोखिम, सल्लाहकार श्री धन सिंग कुरूमभङ्ग, के.सि.ओ.ए माङसेवासावा प्रमुख श्री के.के. सोङमेन, के.सि.ओ.ए. सञ्चालक समिति, के. सि. एस. सि. सञ्चालक समिति, के. सि. एस. सि. सल्लाहकार, के. सि. एस. सि. माङसेवासावा/माङसेवासामा, समस्त स्वयंसेवकहरू, मिडियाकर्मीहरू, दाताहरू, विभिन्न शहर र राज्यवाट आउनु हुने किरात धर्मवालम्विहरु र विशेष अतिथिज्यूहरूको आसन ग्रहण पश्चात दिप प्रजलन, माङ सेवा, माङ नारा, अमेरिकी राष्ट्रीय गीतले कार्यक्रमको शोभा बढाउदै विधिपूर्वक संचालन भएको थियो।

यस वार्षिक किरात सांस्कृतिक कार्यक्रम के. सि. एस. सि.का सचिव श्री लगन चम्लिङ्ग ज्यूको स्वागत मन्तव्यको साथै के. सि. एस. सि.का कलाकारहरुको अति सुन्दर अनि उत्कृस्ट स्वागत नृत्यले कार्यक्रमको रूपलाई अत्यन्तै सुन्दर तरिकाले श्रृंगार गरेको थियो।यस कार्यक्रममा विभिन्न शहर/राज्यवाट कलाकारहरूले किरात संस्कृति झल्काउने सुन्दर, उत्कृष्ट, र मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरेका थिए। यस कार्यक्रममा ३६ (छत्तीस) किरात धार्मिक संगठनहरूवाट उत्कृष्ट ५ जना विध्यार्थी, हाम्रो किरात समाजका ६ जना संगीतकार, ७ जना किरात साहित्यकार, ७ जना मिडियाकर्मी, र होष्ट राज्यको १६ जना ७० वर्ष र सो भन्दा माथि उमेरका हाम्रा अभिभावकहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो। संयुक्त राज्य अमेरिकामा, हाम्रो किरात समाजको विध्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रममा यस वर्षवाट उच्च शिक्षाका विध्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम थप गरिएको र ओहायो राज्य निवसी सुश्री रिश्मा लिङ्देन ज्यूले “Master of Science in Accounting “ मा उत्तीर्ण गर्नु भएकोले उहा आफ्नो आमा-पापा सहित पहिलो पटक सम्मानित हुनु भएको थियो।

सदा झै यस वर्ष पनि “KCOA Person of the Year 2024” के.सि.ओ.ए. IT SUPPORT/पूर्व सल्लाहकार श्री. एल. बि. नेम्बाङ्ज्यूलाई सम्मानको साथ प्रशंसा पत्र प्रदान गरियो। यस वार्षिक किरात सांस्कृतिक कार्यक्रम को अन्तिम चरणमा के.सि.ओ.ए ले के. सि. एस. सि. का सञ्चालक समितिहरूलाई सम्मान गर्दै सिङ्गो राज्यलाई धन्यवाद तथा प्रशंसा पत्र प्रदान गर्दै “१०औं किरात राष्ट्रिय अधिवेशन-२०२५” विधिपूर्वक Kirat Society of Iowa लाई हस्तान्तरण गरिएको थियो। यस कार्यक्रमको आकर्षक भनेको ‘नृत्य प्रतियोगिता’ रहेको थियो र यस प्रतियोगितामा Kirat Community of Central Ohio, Inc. (Columbus, Ohio) का कलाकारहरूले उत्कृष्ट नृत्य प्रदर्श्न गरी प्रथम पुरस्कार (ट्रफी र नगद $२५००/- अमेरीकी डलर) प्राप्त गरे भने नृत्य प्रतियोगिताको दोस्रो पुरस्कार Kirat Cultural Society of Cincinnati, Ohio, Inc. का कलाकारहरूले (ट्रफी र नगद $१५००/- अमेरीकी डलर) प्राप्त गर्न सफल भए र तेस्रो पुरस्कार (ट्रफी र नगद $१०००/- अमेरीकी डलर) होष्ट राज्य Kirat Cultural Society of Colorado, Inc. का कलाकारहरूले हाता पार्न सफल भए।

अन्त्यमा समस्त अमेरिकावासी किरात धर्मवालम्विहरुको राष्ट्रीय पर्व तथा कार्यक्रम “९ औं किरात राष्ट्रीय अधिवेशन २०२४” अत्यन्तै सभ्य र भव्य रूपमा सफल भएकोमा मुहिङ्गुम अङसीमाङ लिङ्देन महागुरु फाल्गुनन्द साथै वर्तमान किरात धर्मगुरु मुहिङ्गुम अङसीमाङ लिङ्देन आत्मनन्द “सेईङ” तथा गुरू माता साँवा पवित्र हाङमा लिङ्देन ज्यूहरू प्रति सेवा ढोग चढाउदछौं र यसको श्रेय सर्वप्रथम होष्ट राज्य Kirat Cultural Society of Colorado, Inc. , यस संस्थाका सञ्चालक समितिहरू, सल्लाहकार सदस्यहरू, तुम्याहाङहरू, र समस्त KCSC परिवारहरूलाई जान्छ।त्यसैगरी यो राष्ट्रीय कार्यक्रम सफल पार्नमा सहयोगी भावना भएका विशेष दाताहरू, ३६ (छत्तीस) किरात धार्मिक संगठनहरूमा रहेका समस्त परिवारजनहरू, के.सि.ओ.ए. का सञ्चालक समिति, सल्लाहकार सदस्य, प्रमुख अथिति, विशेष अतिथि, र सम्पूर्ण स्वयंसेवकहरूको निस्वार्थ साथ र सहयोग रहेको छ। यसैले सम्पूर्ण महानुभावज्यूहरूलाई यरिक-यरिक नोगेन् (धन्यवाद)  दिन चाहान्छौ।नोगेन्, जय किरात॥

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु