पवित्र भूमि फुलुङगीलाई धार्मिक रुपले र भौतिक रुपले बिकास गर्दै लानुपर्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ । धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका, माइ नगरपालिका र देउमाई नगरपालिकाको संगम स्थल ज्ञानभूमि फुलुङगीमा आयोजित माघे संक्रान्ति सत्यहाङमा शान्ति मकरस्नान येत् नाम्धुङ लाधुङसेमी सेवा समारोहमा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो । […]
माङसेबुङ । इलामको माङसेबुङमा किरात धार्मिक महापर्व खिबेक्वा याक्वा सेवाको महत्वबारेमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार माङसेबुङ ५ भालुटार स्थित सरस्वती मा.बि.को सभाहलमा किरात इत्नामको नवौं शृङखला कार्यक्रम अन्तरगत सम्पन्न अन्तक्रिया कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय उपाध्यक्ष होमबहादुर लिङदेनले किरात धार्मिक महापर्व खिबेक्वा याक्वा सेवाको महत्वबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । […]
विषय प्रवेश किरातहरु प्रकृतिपूजक हुन। त्यसैले हरेक धार्मिक अनुष्ठानहरुमा जल, थल, वायु, आकाश र अग्नीसहित देवी देउराली, खोलानाला र कुलदेवताहरुको सेवा भक्ति गर्ने गर्दछन्। पृथ्वीमा रहेका सबै प्राणी जगत, सजीव निर्जीव सबै वस्तु आफूभन्दा जेठो भएकोले उनीहरुको आदर सम्मान भाव प्रकट गर्ने गर्छन्। यसै शिलशिलामा छरपोक गर्न अघि जग्गाजमिन खनजोत गर्दा अचानक मर्ने किटपतंगको मुक्ति […]